A Complete Nepali Blogger's Solution....

This site is under construction

Friday, August 6, 2010

आफुलाई मन लागेको template राख्नुहोस् ।

Blog सुरु गर्ने बित्तीकै धेरैजनालाई ब्लगको Template वा टेम्प्लेट फेर्ने धुन चल्छ । आफ्नो Blog आकर्षक बनाउन जसलाई पनि मन त हुन्छ । भर्खर ब्लग सुरु गर्दाका बेलामा यो भावना झनै प्रवल हुन्छ, म मा पनि थियो यस्तो भावना । म तपाईंलाई आज Template कसरी choose गर्ने भन्नेबारे सिकाउदै छु । Blog मा जानकारी राख्दै जाने क्रममा Blog को default Template मा ठाउँ नपुग्ने हुँदै जान्छ । त्यसपछि तपाईंलाई अर्को Template को जरुरत पर्छ । म तपाईंलाई आज Blog को Template कसरी Download गरेर राख्ने भन्नेबारे पनि सिकाउछु ।

तपाईं आफ्नो ब्लग को template फेर्दै हुनुहुन्छ भने पुरानो template लाई ब्याकअप राख्न नभुल्नुहोला । यदी तपाईंले template फेर्दा कुनै समस्या आएमा पुरनो ब्याकअप गरेर राखेको template बाट मद्घत लिन सक्नुहुन्छ । जसले तपाईंको ब्लगलाई पुरनै अवस्थामा फर्काउछ । पुरानो टेम्प्लेट व्याकअप गर्न आफ्नो ब्लगको Dashboard मा जानुहोस र Design>> Edit HTML मा गएर Download Full Template मा click गर्नुहोस् र आफुलाई मन लगेको ठाउँमा राख्नुहोस् ।
हुन त google मा गएर search गर्ने हो भने तपाईंले सोच्नु भएको भन्दा पनि बढी नै भेटिन्छ । तपाईंले आफ्नो template choose गर्दा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । तपाईंलाई सुरुमा template choose गर्दा धेरै फूलबुट्टा भएको मन पर्न सक्छ तर मेरो बिचार मा भन्ने हो भने त्यस्तो नराख्नुहोला  किनभने तपाईंको page खोल्दा धेरै समय लाग्न सक्छ । केही template हरुमा सुरुमानै धेरै gadget हरु भरिएर नै आउने भएकोले यस्तो template हरु नराख्दानै राम्रो हुन्छ । म तपाईंलाई template choose गर्दा सरल र सफा देखिने, धेरै image हरु नभएको र धेरै gadget हरु नभएको प्रयोग गर्नुहोला ।

Step 1:

यदी तपाईं राम्रा राम्रा template खोज्न चाहनुहुन्छ भने यिनिहरुमा ( Btemplates , eblogtemplates, Free Blog Templates , Our Blog Templates ) गएर आफुलाई मन परेको template download गर्नुहोस् । हुन त यस्त site हरु धेरै छन् तर पनि यो site हरु मेरो बिचारमा मात्र राम्रो लगेको हुन् यस्तो site हरु धेरै छन् तपाईं आँफै पनि search गर्न सक्नु हुन्छ । template choose गर्दा ३ column को choose गर्नुहोला, हुन त चयन आ-आफ्नै हो, तर सामान्यतया २ वा ४ column का भन्दा ३ column का template हरु बल्गमा आकर्षक देखिन्छन् । २ column मा ‘जग्गा’ खेर जान्छन भने ४ column मा भने post र gadget हरु साँगुरिएर अस्पष्ट हुन सक्छन। त्यसैले Blog का लागि ३ column का template हरु नै सुहाउने हुन्छन् । धेरै column को template हरु पनि राम्रा देखिन्नन् । अब ति file हरुलाई download गरेर राख्नुहोस् । धेरै जसो फाइलहरु .xml मा हुन्छन् । यदी फाइल zip गरएका छन् भने unzip गर्नुहोस् ।

Step 2:

अब तपाईं आफ्नो Blog को Dashboard>>>Design हुँदै Edit HTML मा cllck गर्नुहोस् । अब फाइल upload गर्न Upload a template from file on your hard drive लेखिएको ठाउँ भन्दा पछाडि को “Browse…” दबाउनुहोस र आफुले save गरेर राखेको फाइल (जुन file XML Document मा हुन्छ) choose गर्नुहोस् अनी upload दबाउनुहोस् ।
अब पुरानो widget Delete गर्ने warning आउँछ अब "keep widget" मा क्लिक गर्नुहोस् । यदी तपाईंले पुरानो template राख्नु भएको खण्डमा "Delete widget" मा click गर्नुहोस् । अन्तमा "save template" मा click गर्नुहोस् ।

के तपाईंलाई HTML/java script को बारेमा जानकारी छैन? चिन्ता नगर्नुहोस् । Blog आँफैले केही समय अगाडि २ वा ३ column को template राख्न र आफुले चाहेको अनुसार परिवर्तन गर्न मिल्ने बनाएको छ । यदी तपाईं Blog को आफ्नै template designer बाट design गर्न चाहनुहुन्छ भने Dashboard>>design हुँदै template designer मा click गर्नुहोस् । (update: नयाँ Blog design को लागी Templete हुँदै Customize मा Click गर्नुहोस ) । अब तपाईं Templates मा click गरी आफूलाई मनपर्ने template चयन गर्नुहोस।
Background बाट पेजको व्याकग्राउण्ड निर्धारण गर्नुहोस । Layout को Body layout बाट आफ्नो पेजको डिजाईन चयन गर्नुहोस । यहाँ तपाईले एकल column, २,३ र ४ column सम्मको layout बनाउन सक्नुहुन्छ । आफुलाई मनपर्ने नमूनामा click गर्नुस र १,२,३ वा ४ column को layout छान्नुहोस । Layout भित्रकै Footer layout बाट Blog पेजको अन्त वा सबैभन्दा तलको भागलाई एउटै राख्ने, दुई वा ३ column मा परिवर्तन गर्ने छान्नुहोस । Layout भित्रकै Adjust Width को मद्दतले तपाई हरेक column को साईज वा चौडाई निर्धारण गर्न सक्नुहुन्छ । Advanced मा रहेका अनुप्रयोगबाट तपाई पेज, link, sidebar, post title आदिका font वा रंगको संयोजन र सम्पादन गर्न सक्नुहुन्छ । यो Blogger Template Designer प्रयोग गरिरहँदा तपाईले गर्नु भएको सम्पादन वा परिवर्तन पेजको तल्लो भागमा “preview” देखिने भएकोले आफूलाई चित्त बुझ्ने पेज तयार भएपछि मात्रै सबैभन्दा माथी दायाँतर्ई रहेको “APPLY TO BLOG” मा क्लिक गर्नुहोला।  अब तपाईंले खोज्नु भयको जस्तो template तयार हुनेछ ।


Source from: dacharya.blogspot.com

Update:

माथि दिईएको तरिका पुरनो Blog design मा हो । म तपाईंलाई अहिलेको नयाँ blog को design अनुसार पनि सिकाउने छु । 

तपाईंले नयाँ blog design को लागि step 1 सम्म उहि प्रकिया हुनेछ । 

Step 2:

  • तपाईंले download गर्नु भएको .xml file लाई notepad बाट open गर्नुहोस । अब notepad को सम्पूर्ण words लाई copy गर्नुहोस । 
  • अब Live on Blog को Edit HTML मा click गर्नुहोस्, अब proceed मा click गर्नुहोस । 
  • अब box भित्र भएको सम्पूर्ण words लाई मेटाईदिनुहोस । 
  • अब खाली box मा अघी .xml file बाट copy गर्नुभएको सम्पूर्ण words लाई paste गर्नुहोस । 
  • अब save template मा click गरेर आफ्नो blog को नयाँ design बनाउनुहोस ।


धन्यवाद!!!!!!!!!! Keep Smiling .......... :)

Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you